तीन सय हतियारधारी लडाकुसहित यसरी भेटीए विप्लव



सरकारद्वारा प्रतिबन्धित भएपछि नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लव कहाँ होलान् भन्ने चासो धेरैको छ ।

राजनीतिक दलका नेता, सुरक्षा संयन्त्र, पत्रकार र आमनागरिक मात्र होइन, उनकै पार्टीका कयौं नेता कार्यकर्ताको मनमा विप्लव कहाँ होलान् भन्ने प्रश्नले घर गरिरहेको छ । तर, विप्लव भने केही दिनअघि सिन्धुलीको एक गाउँमा हतियारधारीहरुको ठूलो जत्थाका साथ देखिए ।

सिन्धुलीका पत्रकार प्रमोद दाहालका अनुसार विप्लव गत दुई चैतमा अत्याधुनिक हतियार बोकेका करिब ३ सय जनाको समूहसहित जिल्लाको मरेड गाउँपालिकाको रातामाटामा देखा पेरका थिए । हतियार बोकेका अधिकांश सैनिक पोशाकमा थिए ।

दाहालका अनुसार स्थानीयसँग कुरा गर्दै विप्लवले आफूहरुसँग नडराउन भनेका थिए । सके सहयोग गर्न र नसके विरुद्धमा गतिविधि नगरदिन पनि विप्लवले आग्रह गरे । उनले पहिलो चरणमा आफूहरुको निशानामा जनप्रतिनिधि र गैह्रसरकारी संस्था रहेको पनि बताए ।

केही दिनयता सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिकामा विप्लव समूहको बाक्लै गतिविधि भइरहेको छ । विप्लव समूहले ती ठाउँमा रुख, ढुंगा तथा भित्तामा पार्टीका नाराहरु लेखेका छन् ।

सम्बन्धित समाचार