मुख्यमन्त्री कप प्रदेश लिग:तेह्रथुम अंक तालिकाको शिर्षमा



धरान:मुख्यमन्त्री कप प्रदेश लिग फुटल प्रतियोगिताअन्तर्गत क्षेत्र २ समुहमा तेहथ्रुम जिल्ला फुटबल विकास समिति अंक तालिमको शिर्ष स्थानमा उक्लिएको छ ।

धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा शुक्रबार भएको खेलमा संखुवासभाको मिरमिरे युवा क्लबलाई ३–२ गोलअन्तरले हराउदै तेह्रथुम अंक तालिकाको शिर्षस्थानमा उक्लिएको हो । जितसँगै तेहथ्रुमले महत्वपुर्ण ३ अंक बटुल्यो भने कुल ५ अंकको साथ शिर्षस्थानमा रहन पुग्यो । हाल ३ खेल खेलेको तेह्रथुमले २ खेल बराबरी र एक खेलमा जित हासिल गरेको छ । एक खेल कम खेलेको सुनसरी(धरान) र धनकुटाको एकमा बराबरी र एकमा जितको नतिजासहित समान ४ अंक छ ।

शुक्रबार भएको खेलमा संखुवासभाविरुद्ध तेह्रथुमका सन्तोष लिम्बूले ह्याट्रिक गरे । उनको यो ह्याट्रिक जारी लिगमा पहिलो हो । उनले ८ आंै, १९ औं र ४८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । संखुवासभाका बसन्त ओझा र मन्दिप राईले क्रमशः ४९ औं र ८१ औं मिनेटमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । सो खेलको म्यान अफ दि म्याच ह्याट्रिककर्ता तेह्रथुमका सन्तोष लिम्बू घोषित भए । उनले नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगितामा शनिबार सुनसरीको जिल्ला लिग च्याम्पियन धरान फुटबल क्लब र धनकुटाको बौद्धिक विकास समितिबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल तेह्रथुम जिल्ला फुटबल संघ र भोजपुरको कोदार फुटबल क्लबबीच हुने आयोजक एन्फाले जनाएको छ ।

सम्बन्धित समाचार