शिक्षा गृहपृष्ठ शिक्षा न्यु समिट बोर्डिङ ३.८ जिपिए सहित भोजपुरमै पहिलो न्यु समिट बोर्डिङ ३.८ जिपिए सहित भोजपुरमै पहिलो



दिङ्ला, भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा अवस्थित न्यु समिट बोर्डिङ स्कुल एसइइ उत्तीर्णमा जिल्लाकै पहिलो बनोको छ । उक्त बोर्डिङबाट सहभागी भएका विपिन भट्टले ३.८ जिपिए ल्याएर जिल्लाकै सबै भन्दा बढी अंक ल्याएका छन् । ३.८ ल्याउनेमा विपिन भट्ट छन् भने ३.६५ ल्याउनेमा प्रतिक जिसी छन् । त्यस्तै ३.५५ पुजनिया श्रेष्ठ, ३.४५ अमृत तामाङ, ३.२५ लक्ष्मी खत्री र ३.२० जिपिए ल्याएका हुन् ।

२०५१ सालमा स्थापना भएको उक्त बोर्डिङ २०५७ साल देखि २०६२ सालसम्म बन्द भएको थियो । २०६३ सालदेखि पुनः बोर्डिङ सञ्चालन भएको थियो । सरकारी विद्यालयहरुमा पनि पढाईलाई कढाईका साथ लगाउने हो भने समृद्ध नेपाल सुखि नेपाली भन्ने नारा सफल हुन सक्ने बोर्डिङ सञ्चालक समितिका अध्यक्ष एङ्गराज रार्इले बताए ।

सम्बन्धित समाचार