दिङ्लामा प्रधानमन्त्री स्वरोजगारको कार्यक्रम उत्कृष्ट



दिंला, भोजपुरको षडानन्द नगरपालिकाको वडा नं. ४ दिङ्लामा प्रधानमन्त्री स्वरोजगारको कार्य उत्कृष्ट भइरहेको छ । वडा भित्र रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र सानो साल्पा तथा सिंह देबी देविथान परिसर मर्मत तथा संरक्षण कार्य गरिरहेको छ ।

वडामा रहेका आधारभुत आवश्यत्ता पुरा गर्न कठिनाई परिरहेको परिवारलाई सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ल्याएर उनिहरुको रोजी रोटी मात्रै परिपुर्ती नभएर वडा तथा नगर र सिंगो देशलाई पनि बिकासको निम्ति टेवा भईरहेको वडा नं ४ का वडाध्यक्ष किशान राईले बताए ।

प्रधानमन्त्री स्वरोजगार कार्यले आफुहरुलाई आधारभुत आवश्यक्ता मात्रै नभएर पारिवारिक खर्च चलाउनको लागि पनि सहज हुने निर्मला भुजेलले बताए ।

सम्बन्धित समाचार