सतहमा प्रेरणाको दाइजाे मुद्दा : ‘मिसिल झिकाउन’ सर्वोच्चकाे आदेश



काठमाडाैँ । सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाराज्यलक्ष्मी देवी सिंहको मुद्दाको सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश दिएको छ । उनले काठमाडौंको छाउनीमा रहेको घर जग्गा दाइजोमा पाएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की रहेको संवैधानिक इजलासबाट ‘मिसिल झिकाउने’ आदेश भएको हो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, उनका छोराहरू दीपेन्द्र र निराजनको नाममा भएको सम्पूर्ण सम्पती नेपाल ट्रस्ट मातहत रहने व्यवस्था छ । तर, सो घरजग्गा ट्रस्टको कार्यालयको भएको भन्दै सर्वोच्चले २१ पुस ०७३ मा फैसला गरेको थियो । फैसलाको पूर्णपाठ भने ०७४ चैतमा आएपछि ट्रस्ट कार्यालयले सो घर जग्गा खाली गराउन भन्दै सिंहलाई पटक–पटक ताकेता गरेकाे थियाे ।

पहिलो पटक सर्वोच्चले सिंहको पक्षमा फैसला गरेको थियो । छाउनीस्थित १५ रोपनी १ आना जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक प्रेरणाले २५ माघ ०७१ सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

सम्बन्धित समाचार