नवजात शिशु चोरी गर्ने दुई महिला पक्राउ



धरान । र नवजात शिशु चोरी गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा भारत नयादिल्ली फरिदावाद घर भएकी हाल धरान ५ देउराली माइतीघर बस्दै आएकी बर्ष २७ की लिला विश्वमाृ र उनकी भाउजु धरान १५ बगरकोट बस्ने उनकै भाउजु मिना लिम्बु( विश्वकर्मा) रहेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मध्यरातमा एक नवजात शिशु चोरी भएको छ । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको नवजात शिशु(छोरा) चोरी भएपछि पीडितले बच्चा हराएको विषयमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि खोजी कार्यलाई तिब्रता दिएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डराज न्यौपानेका अनुसार खोजतलास गर्ने क्रममा मिना लिम्बु –विश्वकर्मा)को घरको सिटिङ रुमबाट नवजात फेला पारेको हो ।

असार २३ गाइनो वार्डमा भर्ना भएकी बबिता मेहताको नवजात शिशु असार २६ गते विहान १२ः२५ बजेको समयमा हराएपछि प्रतिष्ठानमा खैलाबैला मच्चिएको थियो । त्यसको लगत्तै प्रहरीले खोजतलासलाई तिब्रता दिएसंगै विहान ३ बजे नवजात शिशु फेला परेको हो ।

अस्पतालको रेखदेखको बहानामा बसेकी विश्वकर्माले सबै निदाएको मौका छोरी बच्चा चोरी गरेको पाइएको डिएसपी न्यौपानेले बताउनुभयो । प्रक्राउ परेका दुवै जनालाई मानव अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्धामा थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

सम्बन्धित समाचार