काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान



काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्।

कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम भुसालले जानकारी दिए।गत वर्ष झन्डै ५ टन उत्पादन गरे पनि अहिले ४ टन उत्पादन भएको उनको भनाइ छ। कृषकले गत वर्ष गाउँमा डेढ करोड भित्र्याएका थिए भने यस वर्ष सवा करोड भित्र्याउने लक्ष्य राखेका छन्। अाजकाे काराेबार दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित समाचार