बाढीले डाइभर्सनसँगै मोटरसाइकलमा रहेका एक व्यक्तिलाई बगायो



मोरङ। मोरङको गेउरिया खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् बेपत्ता हुनेको पहिचान खुल्न सकेको छैन् । अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाएपछि डाइभर्सनसँगै मोटरसाइकलमा रहेका ति व्यक्तिलाई पनि बगाएको हो ।

खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा बढी मानिस विस्थापित भएका छन् ।

उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भैरहेको छ । यता लगाता वर्ष भइरहदा विराटनगर पनि जलमग्न भएको छ ।

सम्बन्धित समाचार