सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि रातो बत्ती



इटहरी । सुन्सरीको सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेपछि राति बत्ति बालिएको हो ।

कोशीव्यारेज कनट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको जनाएको छ । जुन बहाव अघिल्ला दिनको तुलनामा बढी हो ।

हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २२ वटा ढोका खुल्ला गरिएको छ ।

पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोलिने स्थानीय प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार