सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्कियो एकजना घाइते



काठमाडौं । गए रातिदेखिको लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एकजना घाइते भएका छन् । महानगरिय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको छ ।

केही समयका लागि पर्खाल भत्किँदा यातायत प्रभावित भएपनि अहिले सबै सहज रुपमा सुचारु अवस्थामा रहेको डिएसपी बुढाथोकीले बताए ।

सम्बन्धित समाचार