जङ्गली च्याउ खाँदा छोरीको मृत्यु, आमाछोराको अवस्था गम्भीर



अछाम । जङ्गली च्याउ र निँगुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ। जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो। आइतबार बेलुका जङ्गली च्याउ र निँगुरोको तरकारी पकाएर खाएका मनिषाकी आमा नरपता र दाजु छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्य शेरबहादुर बोहराले जानकारी दिए।  जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए।

सम्बन्धित समाचार