डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविही !



सर्लाही। जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्।नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्। ६ दिनदेखि विद्युत अवरुद्ध हुँदा संचार सेट तथा युनिट इन्चार्जसहित सुरक्षाकर्मीको मोबाइलसमेत चार्ज गर्न नपाईएकाले डुबान क्षेत्र रहेका सुरक्षा इकाईसँग सम्पर्कका लागि कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता डिएसपी प्रतित सिंह राठौरले जानकारी दिए।

‘विद्युत अभावले डुबान क्षेत्रका युनिटमा रहेको संचार सेट तथा युनिट इन्चार्ज सहित सबै सुरक्षाकर्मीको मोबाइल चार्ज हुन सकेको छैन’, डिएसपी राठौरले भने, ‘त्यसैले डुबान क्षेत्रका सबै युनिट तथा त्यहाँ कार्यरत सुरक्षाकर्मी सम्पर्क विच्छेद भएका छन्।’

विद्युत सूचारु नहुँदा डुबान क्षेत्रमा नेपाल टेलिकम र एनसेलको टावर सञ्चालनमा आउन नसकेकाले जिल्लाबाट गएका सुुरक्षाकर्मीको समेत मोबाइलमा कुरा हुन नसक्ने अवस्थाले डुबान क्षेत्रमा सम्पर्क विच्छेद्को अवस्था रहेको राठौरले बताए। राठौरका अनुसार ईलाका प्रहरी कार्यालय बलरा, प्रहरी चौकी ईनरर्वा, ईलाका प्रहरी कार्यालय हरकठवा, प्रहरी चौकी छन्कीटोला लगायत आधा दर्जन इकाई सम्पर्कविहीन बनेका छन्। डुबान क्षेत्रका युनिटसँग सम्पर्क नहुँदा उद्धार एवं क्षति विवरण संकलनमा कठिनाई भइरहेको उनले बताए।

सम्बन्धित समाचार