आज मंगलबार चन्द्रग्रहण लाग्दै ध्यानजप बाहेक अरु केही गर्न नहुने



काठमाडौं  ।  मंगलबार आषाढशुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्ने जनाइएको छ । यसको समय २ घण्टा ५९ मिनेटको हुँनेछ ।

मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ । बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ । ग्रहण राति लागे पनि मंगलबार अपरान्ह ४ः४६ बजेदेखि सुतक लाग्नेछ । सुतकका समयमा बाल, वृद्ध, आतुर बाहेक अरुलाई भोजनमा निषेध गरिएको छ । ग्रहणका समयमा भने ध्यानजप बाहेक अरु केही गर्न नहुने उल्लेख छ ।

सम्बन्धित समाचार