सोलुखुम्बुमा १६ जना बालिका माथी जबरजस्ती करणी



लुखुम्बु / सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले बृद्धि भएको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५/७६ मा १६ वटा घटना जबरजस्ती करणीको भएका छन् । त्यसमध्ये १३ वटा घटनाको किनारा लागिसकेको छ भने तीन वटा घटना प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामध्ये एउटा घटना जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन् भने अन्य घटना जबरजस्ती करणीमै दर्ता भएको प्रहरी जनाएको छ । करणीमा संलग्न पुरुष कानुनी दायरामा रहेका छन् ।

आर्थिक बर्ष २०७४–७५ मा ७ वटा जबरजस्ती करणीको घटना भएका थिए भने आर्थिक बर्ष २०७३–७४ मा ४ वटा र आर्थिक बर्ष २०७२–७३ मा ५ वटा जबरजस्ती करणीको घटना भएका थिए । आर्थिक बर्ष २०७४–७५ मा ७ घटनामध्ये एक बालिका जबरजस्ती करणीमा परेको तथ्यांक छ भने पछिल्लो तथ्यांक अनुसार ६ जना बालिका जबरजस्ती करणीको शिकार बनेका छन् ।

गएको भदौमा ९ बर्षिय बालिका बलात्कृत भएकी थिईन भने सोही महिना १४ बर्षिय बालिकामाथी बलत्कार भएको थियो । असोज महिनामा ९ बर्षिय, असोजमा १० बर्षिय र यहि असार महिनाको दोस्रो हप्तामा १३–१३ बर्षिय बालिका सल्लेरी आसपासको स्थानमा जबरजस्ती करणीमा परेका थिए । जबरजस्ती करणीमा किशोरावस्था र अधबैँशे महिला परेका छन् ।

प्रहरीका अनुसार सहमतिमै यौन क्रियाकलाप हुने तर सम्बन्धमा खटपट आएपछि जबरजस्ती करणीको आरोप लगाउने प्रवृत्ती मौलाउदै जानुले पनि संख्यामा बृद्धि आएको हो । जबरजस्ती करणीमा दश वर्षभन्दा मुनीको बालिकालाई भए दश वर्षदेखि पन्ध वर्षसम्म, दश वर्ष वा सो भन्दा माथि सोह्र वर्ष मुनीको बालिकालाई भए सात वर्षदेखि दश वर्षसम्म र सोह्र वर्ष वा सो भन्दा माथिको महिलाको हकमा पाँच वर्ष देखि सात वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार