संखुवासभाको मकालुमा बाढीले बगाएर एकको मृत्यु



मकालु ।  संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ मा बाढीले बगाएर एक जनाको ज्यान गएको छ । एकुवा बस्ने रिदाक शेर्पाको श्रीमती मिङमा खङडु शेर्पा भ्यागुते खोला तर्ने क्रममा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शेर्पालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराई सोमबार घर फर्किदै गर्दा भ्यागुते खोलामा आएको बाढीले बगाएको थियो । बिगत केही दिन देखि परेको अविरल वर्षाको कारण उक्त खोलामा आएको बाढीको कारण पानीको बहाव उच्च रहेकोले शेर्पा तर्ने क्रममा बगाई मृत्यु भएको प्रहरीले जनाएको छ ।

भविन कार्की, थाहा खबर डटकमबाट

सम्बन्धित समाचार