विराटनगर महेन्द्र चोकको मोबाइल पसलमा चोरी



विराटनगर । विराटनगर महानगरपालिका–९ महेन्द्र चोकमा रहेको एउटा मोबाइल पसलमा मंगलबारराति चोरी भएको छ । सनराइज ईन्टरप्राइजेज प्रालिमा चोरी भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

ईन्टरप्राइजेजका सञ्चालक मधुकुमार राईले पसलबाट १२ लाख रूपयाँ बराबरको मोबाइल तथा ल्यापटप चोरी भएको जानकारी दिए । उनका अनुसार, ल्यापटप २ थान, ट्याब २ थान, मोबाइल ४१ थान, पावर ब्यांक १० थान, ब्लुटुथ डिभाइस ५ थान, मोबाइल कभर २ सय थान र नगद ४० हजार रूपैयाँ चोरी भएको हो ।

प्रहरीका अनुसार पसलको सटर फोडर चोरी भएको छ । महेन्द्र चोकमा २३ घण्टा नै प्रहरीको ड्युटी हुन्छ । चोरीका क्रममा फोडिएको सटरमाथिको सीसी टिभी क्यामेराको तार समेत काटिएको छ । सञ्चालक राईले राति ९ बजे पसल बन्द गरेर घर फर्किएको बताए । घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान सुरु गरिएको एसपी अधिकारीले बताए ।

सम्बन्धित समाचार