भोजपुरको यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गयो



भोजपुर । जिल्लाको आमचोक गाउँपालिका–२ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ ।

मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरि राखेको पोखरीमा साँझ भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

सम्बन्धित समाचार