मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते



मोरङ । पथरी । मोरङ्गको पथरी वजारमा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । १६ जना गम्भिर घाइते भएका छन् । पथरी वजारको पश्चिम पथरीखोला नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन् । पुर्व वाट पश्चिम जादै गरेको मे १ च ५३९१ नम्वरको पिकअप लाई जोगाउन खोज्दा कानेपोखरीवाट काकडभिट्टा जादै गरेको को १ ख ४८४२ नम्वरको वस विच सडकमा पल्टिएको हाे ।

हाल सम्म वसमा कति यात्री थिए भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ भने गम्भिर घाईते ३ जनालाई थाप उपचारका लागि विराटनगरको नोवेल अस्पताल रिफर गरिएको छ अन्यको भने पथरीमा रहेको पथरी अस्पतालमा उपचार भईरहको छ । दुर्घटना अत्याधिक गतिका कारण हुन सक्ने प्रहरीले अनुमान गरको छ ।

सम्बन्धित समाचार