करिब ३ लाख मूल्य बराबरको सुर्ती बरामद



झापा । भारतबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्राइएको करिब ३ लाखप्रहरी कार्यालय झापाबाट प्रहरी सहायक निरीक्षक टेकेन्द्र सेन्ताङको कमाण्डमा खटिएका टोलीले मेचीनगर नगरपालिका ६ स्थित नकलबन्दाबाट उक्त मूल्य बराबरको सुर्ती बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट भन्सार छलेर नेपाल भित्राइएको सुर्ती लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा ६ सय केजी परिणामको सुर्ती फेला परेको हो । बरामद गरिएको सुर्तीलाई मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार