पहिरोका कारण भोटखोला क्षेत्रमा खाद्य संकट




खाँदबारी । पहिरोका कारण सडक अवरुद्ध हुँदा जनजिवन कष्टकर भएको भन्दै भोटखोला स्थीत भोटखोला सरोकार केन्द्रले आईतबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा सरोकार केन्द्रका संयोजक मिथुन भोटेले बाढि पहिरोका कारण भोटखोला क्षेत्रमा खाद्य संकटको अवस्था आएको बताए ।

दर्जन बढि भोटखोला क्षेत्रका बासिन्दाहरुले सडक खुलाई दैनीक जिवनयापनमा सहज बातावरण निर्माणको माग सहित प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । पहिरोका कारण भोटखोला क्षेत्रमा आवत जावत र खाद्य संकट उत्पन्न भएको, भोटखोला गाउँपालीकाको कार्यालय आगजनि गरिएको महिनौं बित्दा समेत दोषी पत्ता नलागेको, बिकास निर्माणको कार्य पुर्ण रुपमा अवरुद्ध भएको, सदरमुकाम खाँदबारीमा रहेको गाउँपालिकाको कार्यालय स्थानिय भोटखोला मै रहनुपर्ने लगायतका माग राखि पत्रकार सम्मेलनको आयोजना गरिएको भोटखोला सरोकार केन्द्रका सचिव थुदोक भोटेले जानकारी दिए ।

देशकै अति दुर्गम हिमाली क्षेत्र भोटखोलामा हप्ता दिन अघि देखि परेको बर्षादका कारण निर्माणधिन कोशी ल्हासा राजमार्ग अवरुद्ध भएपछि भोटखोलाको स्याक्सीला, सेबुङ्, सिप्रुङ्, नामासे, राप्सा, तुङ्खालिङ्, हटिया, छुमसुर, चेपुवा, च्याम्ताङ्ग, लिंङ्गम लगायत दर्जन बढि स्थानमा खाद्यान्न लगायत शिक्षा र स्वास्थ्य सेवा प्रभावीत भएको गाउँपालीकाका अध्यक्ष ठिलेन भोटेले जानकारी दिए । अधिकांस अलैंची र जडिबुटि खेतिमात्र रहेको त्यस क्षेत्रमा चामलको गेडो समेत पाउन मुस्कील भएको थुदामका शिक्षक गूरु भोटे बताउँछन् । त्यस क्षेत्रमा उत्पादन हुने कोदो मकै,जौं र फापरले करिव ३ महिना मात्र धान्ने गरेको शिक्षक भोटेको भनाई छ ।

बर्षादका कारण उक्त निर्माणाधिन कोशी ल्हासा राजमार्गका ठाउँ ठाउँमा ठुला ठुला चट्टान सहितको पहिरो खसेको छ । त्यसलाई पन्छाउने कार्य नहुँदा सदरमुकामबाट भोटखोलाको हटिया सम्म चल्ने यातायात पुर्ण रुपमा बन्द भएको छ । सदरमुकाम खाँदबारीबाट करिव १ सय ५० किमि उत्तरमा पर्ने त्यस क्षेत्रमा खाद्यान्नको अभाव र महंगिका कारण जनजीवन कष्टकर बनेको भन्दै हटियामा रहेको खाद्य डिपोले त्यस क्षेत्रको खाद्य संकटमा कुनै राहत नदिएको स्थानियको गुनासो छ ।

सुचना र संचार सेवाबाट पुर्ण रुपमा बन्चीत भोटखोलामा पुग्नुपर्ने राहत सहितका खाद्यान्न त्यस क्षेत्रमा नपुगि अन्यत्रै बेचबिखन गर्ने गरिएको भन्दै स्थानियले तत्काल खाद्यान्न लगायत राहतका सामग्री त्यस क्षेत्रमा पुर्याउन समेत माग राखेका छन् । उनिहरुले चिनको डेण्डाङ्बाट सामग्री ढुवानीको कुनै संभावना नरहेको र सदरमुकाम खाँदबारी जोड्ने सडक सुचारु गर्न महिनौं लाग्ने भएकाले सरकारले हेलीकप्टरबाट भएपनि त्यस क्षेत्रका जनताको जिवन निर्वाहको ब्यवस्था मिलाउन पर्ने बताएका छन् । अत्यन्त जटिल भौगोलिक अवस्थाका कारण त्यहाँ कुनै स्वास्थ्य समस्या आए अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए ।

अहिले किमाथांका नाका हुँदै चिनको डेण्डाङ बाट सामान ढुवानि गर्न अत्यन्त कठिन रहेकाले त्यस क्षेत्रमा खाद्य संकटको अवस्था श्रृजना हुँदै आएको भोटखोलाका २ च्याम्ताङ्का वाङ्छिरिंङ्ग शेर्पाले जानकारी दिए । हिउँदमा खाँदबारीबाट नियमित यातायातका साधन संचालन हुनथाले पछि त्यस क्षेत्रका खच्चड ब्यवसायीहरुले खच्चड बेचेका कारण पनि अहिले ढुवानिमा समस्या आएको स्थानिय भोटखोला ५ का उक्तरमान राई को भनाइ छ ।

कृष्णराज शाक्य, कारोवार दैनिकबाट

सम्बन्धित समाचार