थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी आमा र बच्चाको मृत्यु, अस्पतालमा तोडफोड



थापाथली । थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी गराउन भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको छ। सुत्केरी गराउन गएकी आमा र बच्चा दुबैकाे मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ ।

अस्पतालको हेलचेक्रयाइका कारण आमाको मृत्यु भएपछि आफन्तले आराेप लगाएका छन् । शल्यक्रिया गर्नु पर्ने भन्दै मंगलबार अस्पताल भर्ना गरेको तर बुधबार एकैपटक अस्पतालले मृत घोषणा गरेको आफन्तको आरोप छ । अस्पतालले बच्चाको अवस्था पनि जानकारी नगराएको आरोप लगाएका छन्।

समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार