भोजपुर दिङ्ला बजारको विभिन्न स्थानमा १२ ओटा क्यामेरा जडान



दिङ्ला । भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा आइपी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । बजार क्षेत्रका विभिन्न स्थानमा १२ ओटा क्यामेरा जडान गरिएको आइटी डम्बर लिम्बूले बताए ।

नगरपालिकाको ५ लाख विनियोजित बजेटबाट उक्त कार्य सिटी ब्रोड ब्रान्ड कम्पनीले गरेको हो । उक्त आइपी क्यामेराको सम्पुर्ण जानकारी इलाका प्रहरी कार्यालय दिङ्लाले राख्ने छ । आइपी क्यामेरा जडानपछी शान्ती सुरक्षा व्यवस्थामा सहज हुने प्रहरी निरिक्षक अमतलाल माझीले बताए ।

यस्तै बजार क्षेत्रमा ४ ओटा सडक बत्ती जडान गरिएको सुचना अधिकारी केषव गुरागाँइले बताए । उक्त कार्य नगरपालिको ६ लाख ४८ हजार बजेट मध्येको ५ लाख रकममा भएको हो
अब प्रत्येक वडामा सीसी क्यामेरा जडानका लागि नगरपालिकाले योजना बनाई रहेको र बजार क्षेत्रमा अझै सडक बत्ती जडान गर्ने कर्यको पनि योजना भईरहेको नगर प्रमुख विरबल राईले बताए ।

सम्बन्धित समाचार