२० वर्षीया महिला बलात्कार आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ



रौतहट । रौतहट प्रहरीले बलात्कारको आरोपमा एक जना प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो । बारा जिल्ला महागढीमाई नगरपालिका घर भएका प्रहरी सहायक निरीक्षक साहमाथि गत असार ३१  गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ ।

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरी नायव उपरीक्षक कबित कटुवालले बताए ।

सम्बन्धित समाचार