तुलसीपुरस्थित मानसरोवर होटेलमा एक युवक मृत फेला सँगै आएकी युवती पक्राउ



दाङ । दाङको तुलसीपुरस्थित मानसरोवर होटेलमा कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन्। बाँकेको कोहलपुर निवासी २७ वर्षीय रमेश हमालको शव होटेलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

हमाल एक युवतीसँगै राति १० बजेतिर होटेलमा बास बस्न भनि आएको होटेल सञ्चालकले बताएका छन् । ती युवतीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।

घटनावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार