अरुण ३ मा कार्यरत एक मजदुर लडेर घाईते



संखुवासभा । निर्माणधिन अरुण तेश्रोमा कार्यरत एक मजदुर लडेर घाईते भएका छन् । सुरुङ द्वार २ बाट ३ तर्फ जाने बाटोको पर्खाल बनाउने क्रममा कालिकोटका अन्दाजी २५ बर्षिय भक्तबहादुर शाही घम्भिर घाईते भएका हुन् । शाही सडकबाट करिब डेढ सय मिटर तल खस्दा शरिरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनापछि उनलाई जिल्ला अस्पताल खाँदबारीमा उपचार गर्न ल्याईएको थियो । खाँदबारी अस्पतालमा उपचार हुन नसकेपछि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाले जानकारी दिए ।

सम्बन्धित समाचार