दुर्घटनामा बाल कलाकार शिवलेख सिंहको मृत्यु



नयाँ दिल्ली / भारतका चर्चित १४ वर्षीय बाल कलाकार शिवलेख सिंहको सडक दुर्घटनामा परी मृत्यु भएको छ । छत्तीसगढको रायपुरमा उनको कार एक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको थियो । कारमा शिवलेखका आमा बुवा र अर्का एक व्यक्ति पनि थिए । उनीहरु सबै गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । शिवलेखले थुप्रै हिन्दी टेलिभिजन कार्यक्रमहरुमा अभिनय गरेका छन् ।

सम्बन्धित समाचार