भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्वकर्मचारीले गरे आत्महत्या



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व सहसचिव रामबहादुर पाण्डेले त्रिपुरेश्वरस्थित ६ तले राधा भवनबाट हाम फालेर आत्महत्या गरेका छन्। परीक्षार्थीको नम्बर थपघट गरेको अभियोगमा अख्तियार दुरूपयोग आयोगले अनुसन्धान भ्रष्टाचार मुद्दा चलाएपछि उनी तनावमा थिए।

डिप्रेसनको समस्यासँग पनि जुधिरहेका उनले काठमाडौं त्रिपुरेश्वरस्थित ६ तले भवनबाट हाम फालेर आत्महत्या गरेका हुन् । पाण्डेविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक वर्ष जेल सजाय मागसहित विशेष अदालतमा मुद्दा चलाएको थियो।।

लमजुङ स्थायी घर भएका ६७ वर्षीय पाण्डे भ्रष्टाचार मुद्दा चलेपछि कानुनी परामर्श गर्न भन्दै त्रिपुरेश्वरस्थित एक कानुन व्यवसायीकहाँ पुगेका थिए । परामर्शमा पुगेका बेला उनले हामफालेर आत्महत्या गरेका प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार