भोजपुरमा खुकुरी प्रहारबाट एक घाइते



भोजपुर । भोजपुरमा खुकुरी प्रहारबाट एक जना घाइते भएको प्रहरी जनाएको छ । भेडाको बथान चराइरहेका षडानन्द नगरपालिका -९ किमालुङको निगालेका तेजिन्द्र बस्नेत माथी खुकुरी प्रहार भएको प्रहरीको भनाई छ ।

वस्नेतलाई बाटोमा हिँडिरहेका दुई युवाले गालीगलौज सहित खुकुरी प्रहार गरेपछि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  बिहीबार साँझ टेम्केमैयुङ गाउँपालिका -१ तिम्मामा पर्ने मैयुङडाँडाको घोडटारमा भेडा चराइरहेका बस्नेतमाथि बाटोमा हिँडिरहेका खोटाङको केपिलासगढी गाउँपालिका – १ घर भएका सुमन राई र सिंगराज राईले धारिलो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइतेका अनुसार जबरजस्ती आफ्नो गोजीमा हात लगाएपछि किन हात लगाएको भन्दा उल्टै खुकुरी झिकेर प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले बताए। खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाएको  राजवंशीले जानकारी दिए ।

सम्बन्धित समाचार