भोजपुरमा सडेको अवस्थामा एक व्याक्ति मृत फेला



भोजपुर। भोजपुरमा एक व्याक्ति मृत फेला परेका छन् । भोजपुर नगरपालिका – १० जिमीगाउँका स्थानीय ५६ वर्षीय कुमार राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोही वडामा रहेको फार्मेली सामुदायिक वनमा शुक्रबार शरिर सडेको अवस्थामा राई मृत फेला परेको प्रहरीको भनाई छ। जंगलमा सडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका छोरा शुरेश राईले  आफ्नो वुवा भनेर  पुष्टी गरेपछि शवको आवश्यक पक्रिया पुरागरि परिवारको जिम्माका लगाएको प्रहरीको भनाई छ । राई मानशिक रोगी रहेको र यस अघि पनि विभिन्न समयमा वेपत्ता हुने गरेको परिवारले वताएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार