पोखरीमा डुबेर बालकको मृत्यु



सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मलंगवा नगरपालिका–१२ गम्हरियाका राजनारायण महतोको ११ वर्षीय छोरा पवन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको। मृतक महतोको शव पोष्टमार्टमका लागि जील्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार