१२ जना नेपाली युवतीलाई केन्याको डान्स बारबाट उद्दार गरि नेपाल ल्याइयो



काठमाडौं । १२ जना नेपाली युवतीलाई केन्याको डान्स बारबाट उद्दार गरिएका काठमाडौं ल्याइएको छ । उनीहरुलाई केन्याबाट हवाई मार्ग हुँदै बिहीबार नेपाल ल्याइएको हो । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन ९आईओएम० ले उनीहरुलाई नेपाल ल्याएको थियो । नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए ।

सम्बन्धित समाचार