मादी नगरपालिकाको भवन पहिरोले क्षति गरेपछि भत्काउन थालियो



मादी । मादी नगरपालिकाको भवन पहिरोले क्षति गरेपछि भत्काउन थालिएको छ । तर भवनभित्रका सामान सार्ने तालमेल नमिल्दा केही कागजात पानीले  भिजेका छन् भने सामागृहरु समेत भिजेका र स्टोरका सामान समेत भिजेका स्टोरकिपर राजकुमार दाहालले वताए । नागरिक चासो सहकर्मी सुमन दाहालका अनुसार सामान सार्दा यत्रतत्र भएकोले कतिपय कागजात खोज्न समेत धेरै समय लाग्भेनुका साथै हराउने हुनाले पछि समस्या नगरपालिकालाई समस्या हुन सक्छ ।
भवनमा रहेको कागजपत्र तथा समाग्रीहरु  पुरानो स्वास्थ्य चौकि रहेकाको भवनमा सारिएको  छ। पहिरोले भत्काएको भवन गत २०७५ माघमा नगरपालिका आफ्नै भवनमा सरेपछि यहाँ शिक्षा, स्वास्थ्य, र कृषि शाखा सञ्चालनमा रहेको थियो ।

सम्बन्धित समाचार