धनकुटामा युवाहरुको लागि उद्घोषण तालिम



धनकुटा । लेडि जेसिजहरुलाई क्षमता विकास गर्ने उदेश्यले उद्घोषण कला शिप सिकाउदै  धनकुटा लेडि जेसिज धनकुटाका आयोजनामा उदघोषण तालिम सम्पन्न भयो ।

१ नम्मर प्रदेशका सासंद कुसुम कुमारी श्रेष्ठले उद्घोषण तालिमको उद्घाट गर्दै उद्घोषण पनि एक प्रकारको महत्वपूर्ण कला भएकाले तालिम ले महिलाहरुको क्षमता अभिवृद्धी गर्ने वताउनु भयो ।

धनकुटा लेडी जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राई,निगाले सिमेन्टका प्रवन्धक निर्देशक दिनेश पौडेल , नेपाल रेडक्र सोसाईटी धनकुटका मन्त्री हरी राई,तरहरा जेसिजका अध्यक्ष विकास गिरी,पूर्व अध्यक्ष ,सिनेटर कृष्ण प्रसाद भट्टराई लगायतले उद्घोषण कलाले क्षमता तथा कला प्रस्फुटन गर्न सशक्षम बनाउने वताउदै तालिममा सिकेका विषयहरुलाई व्यवहारमा उत्र्तान सवैमा आग्रह गर्नु भयो । तालिमको संयोजक विपना श्रेष्ठको संयाजकत्व भएको थियो ।

प्रशिक्ष कृष्ण प्रसाद भट्टराई,भोलाकाजी वस्नेत,नैन विश्वकर्मा लगायतले प्रशिक्षण दिनु भएको कार्यक्रममा स्वागत मन्तव्य धनकुटा लेडि जेसिजका उपाध्यक्ष बृसिका श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव सावित्रा राईले गर्नु भएको थियो । तालिममा ३० जना महिला सहभागीहरुले भाग लिईरहेको धनकुटा लेडि जेसिजका अध्यक्ष प्रमिसा श्रेष्ठले वताईन ।

सम्बन्धित समाचार