एउटा अर्ना गर्भवती भएपछि पूरै राज्यमा खुसियाली



काठमाडौं । भारतको छत्तिसगढमा एउटा अर्ना गर्भवती भएसँगै पूरै राज्य नै खुसियाली मनाउन जुटेको छ ।

अर्ना गर्भवती हुँदा पनि राज्यभर खुसियाली किन मनाउनु परेको हो ? भन्ने लाग्नसक्छ ।

खासमा यो कुनै मामुली वन्यजन्तु होइन । एउटा विशेष वन्यजन्तु हो, जुन छत्तिसगढको राष्ट्रिय जनावर पनि हो ।

तीन दशक यता छत्तिसगढमा यो अर्नाको प्रजातिको संख्यामा ५० प्रतिशतले कमी आएको छ । र, यो प्रजाति विस्तारै लोप हुने खतरा बढेको थियो ।

यस्तो बेला एउटा अर्ना गर्भवती भएको थाहा पाएसँगै छत्तिसगढका वन्यजन्तु प्रेमीहरु उसको हेरचाहमा जुटेका छन् । त्यो अर्ना अहिले सबैको चर्चाको विषय बनेको छ ।

यो अर्नाको नाम खुसी हो । उसको स्वास्थ्यको पूरा ख्याल राखिएको छ । अर्नाको स्वास्थ्य जाँच गर्न बेलाबेलामा भेटनरी डाक्टर पनि आउँछन् ।

यो महिनाको अन्त्य सम्ममा यो अर्नाले बच्चा जन्माउने सम्भावना छ । यो अर्नाले बच्चा जन्माएसँगै यस प्रजातिको संरक्षणमा महत्वपूर्ण सफलता प्राप्त हुने वन विभागको भनाई छ ।

स्मरण रहोस् अर्ना छत्तिसगढ राज्यको राष्ट्रिय जनावर हो । यो लोप हुने खतरामा परेको छ । उदन्ती राष्ट्रिय निकुञ्जमा अहिले केवल ८ वटा मात्र अर्ना रहेका छन् । त्यसमा केवल दुईवटा मात्र पोथी छन् । त्यसमध्ये एउटा खुसी हो भने अर्को पोथी अर्नाको नाम आशा हो ।

आशा बुढी भैसकेकी छे, त्यसले अब आमा बन्न सक्दिन । त्यसैले छत्तिसगढमा अब अर्नाको वंशको भविष्य आशाको गर्भमै अडिएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार