छोराको नाम राख्दा आमाबाबुलाई पाँच वर्ष जेल



सुन्दा अचम्म लाग्न सक्छ छोराको नाम राख्दा जेल जानुपर्ने भन्दा । तर ब्रिटिस अदालतले एक उग्र दक्षिणपन्थी समूहका सदस्यहरूलाई जेल सजाय भएको छ । सजाय दिइएका मध्ये एक जोडीले आफ्नो छोराको बीचको नाम एडोल्फ हिटलरको नामबाट ‘एडोल्फ राखेका थिए ।

बिरमिङ्घम क्राउन कोर्टका न्यायाधीश मेलबर्न इनम्यानले ती जोडीमध्ये एडम थोमसलाई साढे ६ वर्ष जेल सजायँ सुनाए भने उनकी पोर्तुगाली प्रेमिका क्लाउडिया पाटाटासलाई पाँच वर्ष ।

२२ वर्षे थोमस र ३८ वर्षे पटाटास नव–नाजिवादी नेशनल एक्सनको सदस्यताको कारण मङ्गलबार सजाय पाउने ६ मध्ये दुई व्यक्ति हुन् । उक्त सङ्गठन सन् २०१६ मा बेलायतको आतङ्कवादी विरोधी कानून अन्तर्गत प्रतिबन्धित पहिलो उग्र–दक्षिणपन्थी समूह भएको थियो ।

फैसलामा इनम्यानले समूहलाई ‘डरलाग्दो उद्देश्य भएको समूह भनेका छन् । नेसनल एक्सन गम्भीर हिंसा र हत्यामार्फत् नाजिहरूको जस्तो राज्य स्थापना गरेर यो देशको लोकतन्त्र फाल्न चाहन्छ । यस्तो हिंसा र आम हत्याले समाजको सम्पूर्ण हिस्सालाई निर्मूल गर्छ, फैसलाको क्रममा इनम्यानले भने ।

इनम्यानले ती जोडीको ‘हिंसात्मक नश्लीय सोचको लामो इतिहास भएको बताए । नेसनल एक्सनका सदस्यता बापत् सजाय पाउने अन्य सदस्यमा यी जोडीका नजिकको मित्र डेरेन फ्लेचर छन् । उनले नेसनल एक्सनसँगको आफ्नो सदस्यता स्वीकारे छन् । २८ वर्षे फ्लेचरले आफ्नी छोरीलाई नाजीहरूले गर्ने स्यालुट सिकाएका थिए ।

उनलाई ५ वर्षको जेल सजाय दिइएको छ । त्यस्तै सजाय पाउने अन्य सदस्यमा २७ वर्षे ड्यानियल बोगुनोभिक छन् । उनलाई ६ वर्ष ४ महिनाको सजाय दिइएको छ । दुई अन्य व्यक्तिमा २४ वर्षका साइबर सुरक्षा श्रमिक जोइल विलमोर र भ्यान ड्राइभर २६ वर्षे नथन प्रिक छन् ।

सम्बन्धित समाचार