खाँदबारीको चार नम्बर वडालाई तीन रोपनी जग्गा प्राप्त



जग्गा पास पछि सामुहिक तस्बिर खिच्र्दै जनप्रतिनिधी, कर्मचारी र स्थानीयहरु ।

खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका वाड नं. ४ लाई एक स्थानीय ब्यक्तिले निःशुल्क रुपमा तीन रोपनी जग्गा प्रदान गरेका छन् । स्थानीय नवीनकुमार राईले निःशुल्क रुपमा तीन रोपनी जग्गा प्रदान गरेका हुन् ।

बिहीबार जिल्ला मालपोत कार्यालय खाँदबारीमा वडा कार्यालयलाई रजिष्ट्रेसन पास गरि कानुनी रुपमा नै वडा कार्यालयलाई जग्गा दिएको हो । वडाको नाममा जग्गा पास गर्न वडाध्यक्ष सजित राई, वडासचिव राजकुमार राई लगायत स्थानीय भद्रभलादमी र जनप्रतिनिधीहरु खाँदबारी आएका थिए । आफ्नो गाउँठाउँको बिकासका लागी आफूले जग्गा प्रदान गरेको जग्गादाता नवीनकुमार राईले बताए ।

उक्त वडाकार्यालयलाई गएको बैशाख महिनामा समेत स्थानीय कुलराज गुरुङ र उनको धर्मपत्नी हरिमायाँ गुरुङले निःशुल्क रुपमा डेढ रोपनी जग्गा प्रदान गरिसकेका छन् । अहिले ४ नम्बर वडा कार्यालयको नाममा जम्मा साढे चार रोपनी जग्गा प्राप्त भएको वडाध्यक्ष सजित राईले जानकारी दिए । उनले अब उक्त जग्गामा वडा कार्यालय निर्माणका लागी चौतर्फी रुपमा पहल गर्ने बताए ।

सम्बन्धित समाचार