जंगली च्याउ खाँदा १२ जना बिरामी



उदयपुर ।  उदयपुरका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर तीन परिवारका १२ जना बिरामी भएका छन्। त्रियुगा नगरपालिका–९ राजाबासमा एक परिवारका पाँच जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका सात जना बिरामी भएका हुन्।

शनिबार दिउँसो १ बजेको समयमा जंगली च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमाया,छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र छोरी १७ वर्षीया  रबिना बिरामी परेका हुन्।  यसैगरी कटारी सिसाघारीकी ३५ वर्षीया  टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा टंक कुमारीसहित छोराहरु १४ वर्षीय अनिष र ११ वर्षीय महेन्द्र तथा नौ वर्षीय छोरी सुजिता बिरामी भएका छन्।

यस्तै उनीहरुकै छिमैकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया  लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ पनि बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। बिरामीहरुकाे मोरङको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार