भोजपुरको चम्पेमा १९ वर्षीय युवती मृत फेला



भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा एक युवती मृत फेला परेकी छिन् । वडा नम्वर – २ चम्पेको सोरियाङ वस्ने स्थानीय मिलन राईकी १९ वर्षीय श्रीमती सदिक्षा राई मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राई सोही वडामा रहेको हजुरवुवा पदम वहादुर राईको घरमा आइतवार विहान झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ । परिवारले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटना खवर पाउन साथ प्रहरी चौकी प्याउलीबाट प्रहरी टोली गई घटना स्थललाई सुरक्षित राखेको

र जिल्लाबाट प्रहरी निरिक्षकको कमाण्डमा थप टोली सो तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आत्माहत्याको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार