इटहरीमा अविवाहित युवतीले छोरी जन्माईन



इटहरी । इटहरीमा अविवाहित एक युवतीले छोरी जन्माएकी छिन । इटहरी उपमहानगरले सञ्चालन गरेको सेफ हाउस (सुरक्षित आवास गृह)मा आश्रय लिइरहेकी एकजना अविवाहित युवतीले छोरी जन्माएकी हुन । सेफहाउसमा हप्तादिन अघिदेखि आश्रय लिइरहेकी युवतीले इटहरी अस्पतालमा छोरी जन्माएकी हुन । विवाह गर्छु भन्दै एक युवकले गर्भवती बनाएको ती युवतीले बताएकी छिन । माया जालमा पारेर वेपत्ता भएपछि त्यहि युवकलाई खोज्दै ती युवती संखुवासभादेखि तराई झरेको वताइएको छ ।

ती युवतीका आफन्तलाई खवर गरिसकिएको सेफहाउस इटहरीले जनाएको छ । एक बर्ष देखि सञ्चालित सेफ हाउसवाट अहिले सम्म ७६ जना महिलाले सेवा लिएको इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी छिन । अलपत्र परेका,हराएका,जोखिममा परेका,हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ । पूर्वका प्राःय सवै जिल्लाका महिलाले इटहरीको सेफहाउस वाट सेवा लिएका छन । सेफहाउसमा १५ दिन सम्म राख्ने ब्यवस्था छ ।

सो अवधिमा खानपिन,औषधीउपचार,काउन्सिलिङ प्रदान गरिन्छ । त्यसपछि आफन्त पत्ता लगाएर वुझाउने गरिएको छ । घर जादाँको वाटो खर्च पनि उपमहानगरले दिने गरेको छ ।

सम्बन्धित समाचार