सार्वजनिक यातायातसँगै निजी सवारीमा पनि जीपीएस अनिवार्य



काठमाडौं । यातायात व्यवस्थापन विभागले सार्वजनिक यातायातसँगै निजी सवारीमा समेत जीपीएस जडान अनिवार्य गर्ने भएको छ । आगामी आर्थिक वर्षभित्र लागु हुनेगरि उक्त योजनालाई अघि बढाउने काम भइरहेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जनाएका छन् ।

उनले जीपीएस जडानका लागि प्रतिडिभाइस ३० डलर पर्ने अनुमान गरिएको बताए । जीपीएस ट्रयाकिङ मार्फत सवारी साधन अनुगमन गर्न सहज हुने भन्दै यो सिस्टम जडान गर्न लागेको हो । सवारीमा जीपीएस सिस्टम जडान भएपछि जीपीएस जडान भएका सवारीहरुलाई एउटै कक्षबाट निरीक्षण र निगरानी गर्न सकिने उनले बताए ।

जीपीएस सिस्टम जडान गरेपछि कुन सवारी, कति बजे, कहाँबाट छुट्यो, कुन ठाउँमा कति बजे पुग्योदेखि कहाँ कसरी दुर्घटना भयो भन्ने कुरा पनि थाहापाउन सकिने जनाइएको छ । यसको नियमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइने छ ।

सम्बन्धित समाचार