पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा मोटरसाइकल चालकको मृत्यु



चितवन। पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृतकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा मुग्लिनतर्फ गइरहेको ना ४२ प ४९२९ नम्बरको मोटरसाइकल पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने क्रममा सोमवार राति पौने ८ बजे ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा करिब ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलले रामनगरका ५० वर्षीय ओमप्रसाद भुसाललाई ठक्कर दिएको थियो । ठक्करबाट भुसाल पनि घाइते भएका थिए । ठक्कर दिएर भाग्ने क्रममा भित्री साइडमा रोकिराखेको ना ५ ख २२४६ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार