मोरङमा खेत जोत्दै गर्दा चट्याङले लगेर हल गोरु सहित श्यामकाे मृत्यु



विराटनगर ।  खेत जोत्दै गरेको अवस्थामा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार घ*टनास्थलमै मृ*त्यु भएको छ ।घरदेखि लगभग दुई सय मिटर पर जोत्दै गरेको अवस्थामा परेको चट्याङ्ले उनको मृ*त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै थिए । चट्याङले खेत जोत्दै गरेका एक हरु गोरु पनि म*रेका छन् । मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पो*स्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घा*इते भएकी छन् । आफ्नै घरमा बसिरहेका बेला च*ट्याङले लागेर घा*इते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उ*पचार भइरहेको छ ।

युवतीको च*ट्याङ ले कान र टाउकोमा चो*ट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्ष*ति गरेको प्रहरीले जनाएको छ ।त्यस्तै पथरीशनिश्चरे नगरपालिका–२ प्रगति टोलका प्रकाश दाहालको घरमा रहेको टिभी र मल्टी प्लग बोर्डमा चट्याङले क्ष*ति पु¥याउँदा २५ हजार रुपैयाँ बराबरको क्ष*ति भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार