विश्वकप क्रिकेट छनोटः सिंगापुर र मलेसियाको विजयी सुरुवात, नेपाल आज खेल्दै



काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको फाइनल छनोट प्रतियोगितामा आज नेपालले कतारसँग खेल्दैछ ।

सिंगापुरमा हिजोबाट सुरु भएको प्रतियोगितामा नेपालसहित ५ राष्ट्र सहभागी छन् ।

प्रतियोगिताको पहिलो दिन हिजो आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् ।

सिंगापुरले कतारलाई ३३ रन र मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

एसियाली क्षेत्रको फाइनल छनोटमा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागि छन् ।

प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

आगामी अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा विश्वका विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यी १४ मध्ये शीर्ष ६ टोली सन् २०२० मा अस्ट्रेलियामा हुने विश्वकप टि–ट्वेन्टी क्रिकेटका लागि छानिनेछन् ।

विश्वकपमा छनोट चरणबाट आएका ६ टोलीले आईसीसी टि–ट्वेन्टी वरियतामा शीर्ष १० स्थानमा रहने टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार