इमोबाट यसरी फसे बिर्तामोडका एक व्यवसायी, युवती सहित चार पक्राउ



बिर्तामोड । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो ।

त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा जोड्नि पुग्छन् उनीहरु । इमोमा माया, प्रेम हुँदै सेक्ससम्मका कुरा हुन थाल्छन् । त्यसपछि उनीहरु अश्लील भिडियोकल पनि गर्न पुग्छन् । उनीहरुको विश्वास यति छिटो बढेर जान्छ कि त्यो कसैले कल्पना समेत गर्न सक्दैन । एकअर्का बीचको विश्वसकै बीच उनीहरुमा भेट्ने कुरा हुन्छ । केटीले फोन गरेर व्यवसायीलाई आफू बिर्तामोडको भद्रपुररोड आइपुगेको जानकारी गराए लगत्तै व्यवसायी त्यहाँ पुग्छन् । करिब १९ वर्षकी ती युवती देखेपछि मख्ख परेका व्यवसायीले होटल जाने प्रस्ताव गर्छन् ।

किशोरीले होटलमा असुरक्षा हुने भन्दै साथीको कोठामा जान प्रस्ताव गर्छिन् । दुवै साथीको कोठमा पुग्दा त्यहाँ कोही हुँदैनन् । उनीहरु चुकुल लगाएर कोठमा बसेका हुन्छन् । नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँ छन् । ढोका खोल्दा हातमा छुरा बोकेका युवाले दुवै जनालाई गाली गर्नुका साथै कुटपिट गर्न थाल्छ । सञ्जु क्षेत्री भनिने सुजन शंकरले हातमा छुरा बोकेका हुन्छन् उनले ती ब्यवसायीलाई एउटा नम्बर दिन्छन् र फोन गर्न लगाउँछन् । फोन गरेको केही समयमा नै मिराज खान नामका ब्यक्ति त्यहाँ पुग्छन् । सुजनले हातमा छुरा बोकेर तीनै जनालाई गाली गर्दै मिराजलाई केटीलाई छाडिदिन आदेश दिन्छ ।

मिराज किशोरीको साथमा जान्छन् र उनलाई सुरक्षित स्थानसम्म पु¥याएर पुनः त्यही ठाँउमा पुग्छन् । त्यस बेलासम्ममा शंकरले ती ब्यवसायीको नाङ्गो भिडियो तयार गरिसकेका थिए । दुवै जनालाई राखेर शंकरले ५० लाख रुपैयाँको माग गर्छन् । पैसा नदिए भिडियो सार्वजानिक गर्नुका साथै लाश गायब बनाउने धम्की दिन्छन् ।
त्यसबेला मिराजले ५० लाख दिन नसक्ने भन्दै ४० लाख रुपैयाँमा मञ्जुरी जनाउन व्यवसायीलाई आग्रह गर्छन् । सोही अनुसार साउन ५ गते आइतबारभित्र ४० लाख दिने सहमति गरेर उनीहरु त्यहाँबाट निस्किन्छन् ।

नाटकीय शैलीमा फसेका व्यवसायीको भोक निन्द्रा हराउँछ । त्यसको भोलि पल्टबाट ब्यवसायीलाई रकम के हुँदैछ भन्ने फोनहरु लगातार आउन थाल्छ । मिराजले आफूलाई पनि फोन आएको भन्दै व्यवसायीलाई रकम छिटो तयार गर्न आग्रह गर्छन् । समय नजिकिएसँंगै आत्महत्यासम्मको सोच बनाएका ती ब्यवसायी इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर सबै घटना विवरण सुनाउँछन् । यो घटना थाहा पाए लगत्तै पूर्वाञ्चलकर्मीले यो विषयमा निरन्तर निगरानी गरिरहेका थिए ।

त्यस लगत्तै प्रहरीले सक्रियताका साथ अनुसन्धान अघि बढाउँछ । आइतबार रकम नदिए लाश गायब बनाउने धम्कीपछि प्रहरीलाई उनको सुरक्षा पनि जरुरी थियो भने अपराधी पक्राउ गर्नुपर्ने दायित्व पनि । आइटी सम्बन्धी राम्रो ज्ञान भएका इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले सक्रियताका साथ अनुसन्धानलाई अघि बढाए ।

प्रहरीले ब्यवसायीलाई फोन आएका नम्बरहरुमा अनुसन्धान गर्दा सफलता हासिल नगरेपछि मिराजलाई निगरानी बढायो । त्यस लगत्तै प्रहरीले सफलता हासिल ग¥यो । प्रहरीले साउन ४ गते शनिबार ४ बजे चारआलीबाट मिराजलाई पक्राउ ग¥यो । मिराजसँंगै रहेका शंकर र उनका एक सहयोगीलाई पनि प्रहरीले एकै स्थानबाट पक्राउ गर्न सफल भयो । लगत्तै किशोरीको खोजी शुरु गरेको प्रहरीले इलाम घर भएकी किशोरीलाई बिर्तामोडबाटै पक्राउ ग¥यो ।

ती युवती शंकरकी प्रेमीका रहेको खुलेको प्रहरी स्रोतले बताएको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै ब्यवसायीहरुलाई फसाँउन सक्रिय समूहलाई प्रहरीले पक्राउ गरेर सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । यो विषयमा प्रहरीले कुनै आधिकारिक जानकारी नगराए पनि पत्रकार सम्मेलन मार्फत सबै घटना सार्वजनिक गर्ने जनाएको छ । अनुसन्धान जारी रहेकाले अहिले सबै विषय खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

सामाजिक सञ्जालको प्रयोग गरेर छिट्टै विश्वास गर्दा धेरैको जीवन बर्बाद भएको छ भने केहीले आत्म हत्यासम्मको बाटो रोज्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । सामाजिक सञ्जालमा युवतीको प्रयोग गरेर रकम असुली गर्ने यो घटना झापा जिल्लकै पहिलो हुन सक्ने प्रहरी स्रोतले बतायो ।

स्रोतका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–४ का मिराज खान, इलाम घर भई हाल बिर्तामोड–२ मा बस्दै आएकी रितु फियाक लिम्वू, भारत पश्चिम बंगाल, जिल्ला दार्जीलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर र बिर्तामोड– ४ का प्रकाश दास रहेका छन् ।

उनीहरुका साथबाट प्रहरीले एक थान कार, लागूऔषध, नक्कली पेस्तोल समेत बरामद गरेको बताइएको छ । उनीहरुले संगठित रुपमा यसरी विभिन्न प्रलोभनमा पारेर ठगी गर्ने गरेको स्रोतको दाबी छ । उनीहरुलाई पक्राउ गर्न प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले समेत सहयोग पु¥याएको बताइएको छ ।

सम्बन्धित समाचार