एम्बुलेन्सकाे ठक्कर बाट एक जनाकाे मृत्यु



बिराटनगर ।  गोग्राहा चोकमा मंगलबार बिहान एम्बुलेन्सकाे ठक्कर बाट एक जनाकाे मृत्यु भएकाे छ । गोग्राहा चोक स्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेकाे धनुषा नेश्नल पोली क्लिनिक धनुषाको ज १ च ११९५ नं. को एम्बुलेन्सले पैदल यात्री राजबिराज घर भएका उर्मिला देवी झालाई ठक्कर दिएकाे थियाे ।

घाईते झालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।
एम्बुलेन्स र एम्बुलेन्सका चालक लाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे उक्त कार्यालयले जनाएकाे छ ।

सम्बन्धित समाचार