झुठो विवरण पेस गरि नागरिकता बनाउने दुईजना पक्राउ



ताप्लेजुङ ।  झुठो विवरण पेस गरि नागरिकता बनाउने क्रममा पक्राउ परेका दुईजनालाई ताप्लेजुङ कारागार चलान गरिएको छ। गत असार १० गते जिल्ला प्रशासन कार्यालयबाट पक्राउ परेका दुवैलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

भारतको नागाल्याण्ड घर भएका २० वर्षीय राजु चौलागाईं र झापाको दमक निवासी ३४ वर्षीय भीमबहादुर चौलागाईंलाई कारागार चलन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक विष्णुबहादुर अड्काले बताए।

गत असार १० गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ परिसरबाटै पक्राउ परेका उनीहरूमाथी प्रहरीले अनुसन्धान कार्य पूरा गरेपछि जिल्ला अदालतले सोमबार कारागार चलान गरेको हो।

सम्बन्धित समाचार