बागलुङमा छिमेकीको भैँसीले हानेर एक वृद्धको मृत्यु



बागलुङ । छिमेकीको घरबाट आएको भैँसीले हानेर यहाँका एक वृद्धको मृत्यु भएको छ। बागलुङ नगरपालिका-१० भकुण्डेका ८० वर्षीय छविलाल सार्कीको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ। मंगलबार दिउँसो मृतक सार्कीका छिमेकी प्रेम बहादुरको गोठमा बाँधेको भैँसी अचानक फुस्केर आएपछि ८० वर्षीय सार्कीलाई हानेको थियो।

भैँसीले हानेपछि बेहोस भएर ढलेका सार्कीलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रममा मृत्यु भएको हो। धौलागिरी अस्पतालले सार्कीलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका नायव उपरिक्षक झबिन्द्र भट्टराईले जानकारी दिए।

सम्बन्धित समाचार