संखुवासभामा एसएलआरसहित पक्राउ परेका विप्लवका कार्यकर्ताको चौँथो पटक म्याद थप



संखुवासभा । असार १६ गते संखुवासभाको सिलिचोङ गाउँपालिका होयङलामा प्रहरीको गस्ती टोली र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भयो। घटनापछि प्रहरीले ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई घटनास्थल नजिकैको गाउँबाट असार १७ गते आधुनिक हतियार एसएलआरसहित पक्राउ परेका थिए। दोर्चीलाई चौथो पटक चार दिनको म्याद थप गरिएको जिल्ला अदालत चैनपुरले जनाएको छ।

सुरुमा विप्लव कार्यकर्ता दोर्जीलाई प्रहरीले हातहतियार खरखजना मुद्दामा अनुसन्धान थालेको थियो। दोर्चीलाई हातहतियार मुद्दाबाट संगठित अपराधमा साउन ६ गतेबाट लागू हुने गरी चौँथो पटक म्याद थप गरिएको जिल्ला अदालत चैनपुरले जनाएको छ। गोलीकाण्डपछि पक्राउ परेका दोर्चीको सूचनाको आधारमा प्रहरीले  होयाङ्ला जंगलमा ढुंगाको ओढारमा लुकाएको अवस्थामा एक राउण्ड गोली च्याम्बर लोड भएको एसएलआर राइफल फेला पारेको थियो।

प्रहरीले सोही स्थानबाट १० राउण्ड गोली लोड भएको म्यागजिन एउटा १, एलएमजी राइफलमा लाग्ने म्यागजिनसहित २० राउण्ड गोली, झोलामा राखिएको एसएलआर राइफलको गोली ५४ थान र विष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड पनि बरामद गरेको भए पनि अहिले सम्म सार्वजनिक गरेको छैन।  अन्य दुईलाई पनि चौँथो पटक म्याद थप सिलिचोङ गाउँपालिका होयङलाबाट पक्राउ परेका चनैपुर नगरपालिका–१० का सन्जन अधिकारीलाई जिल्ला प्रशासन कार्यालय खाँदबारी बाट चौँथो पटक चार दिन म्याद थप भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रहरीले १७ वर्षीय सन्जनलाई असार १७ गते पक्राउ गरेको थियो। उनलाई प्रहरीले साथमै राखेर विप्लवको सेल्टर खोज्न सोलु र भोजपुरका विभिन्न क्षेत्रमा लगेको स्रोतको भनाइ छ। सन्जनलाई १७ गते पक्राउ गरेर बेपत्ता बनाएर २० गते मात्र सदरमुकाम खाँदबारी ल्याएको थियो। उनलाई प्रहरीले बेपत्ता बनाएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि उनका आफन्तलाई भेट्न दिइएको थियो।

प्रहरीले पाँचखपन नगरपालिका घर भएका जगतसिंह रानालाई साउन ५ गते बाट लागू हुने गरी चौँथो पटक म्याद थप गरेको जिल्ला अदालत चैनपुरले जनाएको छ। पाँचखपनका रानालाई प्रहरीले हातहतियार तथा खरखजना अन्तर्गतको मुद्दा लगाएको छ।

थाहा खबरबाट

सम्बन्धित समाचार