पैसा दिएर मृत्यु किन्दै ज्यानमारा अस्पताल



मोरङ । मानिस बिरामी परेपछि पुग्ने अस्पताल दिनप्रतिदिन असुरक्षित बन्न थालेका छन । हरेक दिनजसो ती अस्पतालहरुमा बिरामीको उपचारका क्रममा हुन्छ अनि ती अस्पतालहरु मृतकका आफन्तहरुलाई केही रकम दिएर मृत्यु किनिरहेका हुन्छन । केही दिनका घटनाहरुलाई हेर्दा ती अस्पतालहरुमा उपचारका क्रममा चरम लापरबाही भईरहेको छ ।

आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ६ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिल कुमार शाहको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै स्थानीयले बिरोध प्रर्दशन गरे । सोही बिषयलाई लिएर नोवेल अस्पतालमा आईतबार दिनभर तनाब भएको थियो । नोबेल अस्पताल लापरवाहीले शाहको मृत्यु भएको भन्दै अस्पताल अगाडि दुहवीका सर्वसाधरणहरुले प्रदर्शन गरे ।

शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरियो । सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ वर्षीय सुलोचनादेवी कामतको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । परिवारले लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । यी दुई पछिल्ला प्रतिनिधि घटना मात्र हुन । हरेक दिन यस्ता घटनाहरु दोहोरिरहन्छन । मंगलबार भएको घटना उपचारमा चिकित्सकले लापरबाही गरेको र मृत्यु भइसक्दा पनि अस्पतालले पैसा असुल्न खोजेको भन्दै चिकित्सकलाई कारबाही हुनु पर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने तथा बिरामीका परिवारसँग अनआवश्यक रुपमा गर्ने गरिएको असुली बन्द हुनु पर्ने माग गर्दै आफन्त र स्थानीय बासिन्दाले अस्पताल परिषरमा प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्त सुरज कामतका अनुसार असार ३१ गते अस्पतालमा भर्ना गरिएकी कामतको उच्च रक्तचापको असरले टाउकोमा रगत जमेको भन्दै गत शुक्रबार डा. विवेक बैद्य नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रिया र उपचारमा चिकित्सकले ध्यान नदिँदा बिरामीको मृत्यु भएको उनीहरुको आरोप छ । यता अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता निस्कर्षमा पुगेपछि परिवारका सदस्य शव बुझ्न राजी भएका छन् । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले ब्रेनह्याम्रेजका कारण बिरामीको मृत्यु भएको जानकारी चिकित्सकले गराएको र उपचारमा कुनै लापरबाही नभएको बताए ।

आईतबारको घटनाको बिरोधमा सुनसरीको दुहवीका स्थानीयले सोमबार दुहवी बजार बन्द गराए । आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ६ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिल कुमार शाहको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै स्थानीयले दुहवी बजार बन्द गराएका हुन । सोही बिषयलाई लिएर नोवेल अस्पतालमा आईतबार दिनभर तनाब भएको थियो । नोबेल अस्पताल लापरवाहीले शाहको मृत्यु भएको भन्दै अस्पताल अगाडि दुहवीका सर्वसाधरणहरुले प्रदर्शन गरेका थिए ।

घुँडाको अप्रेसन गर्दा उनको ज्यान गएको थियो । यसरी दिनप्रतिदिन ठुला अस्पतालहरु असुरक्षित बन्दै गएका छन । उपचारका लागी ती अस्पतालमा जान् र भगवान सरह मानिएका चिकित्सकहरुलाई बिश्वास गर्न समेत गाहे हुने अबस्था सिर्जना भएको छ ।

सम्बन्धित समाचार