आफ्नो सुरक्षा आफैं गर्न सिक्दै किशोरीहरु



नवलपुर । बालिका तथा किशोरीमाथि हुने हिंसात्मक घटना न्यूनीकरण गर्ने उद्देश्यले नवलपुरको देवचुली नगरपालिकामा तालिम दिन थालिएको छ ।

कसैको आक्रमणलाई प्रतिरोध गर्न किशोरीलाई आत्मरक्षा तालिम दिन थालिएको हो ।

बालिका तथा किशोरीहरुमाथि हुने हत्या, हिंसा तथा बलात्कारका घटनालाई न्यूनीकरण गर्न नवलपुरको देवचुली नगरपालिकामा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको छ ।

जहाँ बालिका तथा किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरोध गर्ने भन्ने विषयमा तालिम लिँदै आएका छन् ।

नगरपालकाको जागृति बाल तथा युवा सरोकार नेपालले विद्यालय तथा टोलटोलमा आत्मरक्षा तालिम प्रदान गरिरहेको छ ।

किशोरीहरुले आफ्नो सुरक्षा आफै गर्न सकून भन्ने उद्देश्यले तालिम प्रदान गरिँदै आएको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माको भनाइ छ ।

तालिममाा गोप्य अंगको सुरक्षाका साथै संवेदनशील अंगमा प्रहार गर्दा कसरी बच्ने भन्ने विषयमा  किशोरीहरु तालिम लिइरहेका छन् । त्यस्तै आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन् ?

असहज परिस्तििमा आपफूलाई कसरी संयम र सुरक्षित बनाउने भनेर शारीरिक अभ्यास समेत गराईएको छ ।

पहिले महिला हिंसा नबुझेकेका किशोरीहरु ५ दिनको तालिमबाट यससम्बन्धी परामर्श दिन सक्ने भएको प्रशिक्षक सपना पौडेल बताउँछिन् ।

किशोरीहरुमाथी भएका बलात्कारका घटनाहरु सुन्दा एक्लै हिड्न डराउने किशोरीहरु अहिले तालिममा सहभागी भएका छन । तालिम लिइसकेपछि अहिले आत्मविश्वास बढेको किशोरीहरु बताउँछन् ।

दैनिकजसो बढेको हिंसा र बलात्कारका घटनामा धेरै किशोरीहरु शिकार भएका छन् । यस्ता तालिमबाट किशोरीमा केही भए पनि आत्मविश्वास बढेको देखिन्छ ।

सम्बन्धित समाचार